१२ बैशाख २०८१, बुधबार
Header

महानगरका ३१ जना सरसफाई कर्मचारीमा आरडीटी पोजिटिभ


प्रकाशित: शुक्रवार, २ जेठ २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरका ३१ जना सरसफाई कर्मचारीमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ ।


महानगरले वातवरण विभागका ९३४ जना सरसफाई कर्मचारीको आरडीटी र पिसीआर टेस्ट गरिएको थियो । ६६४ जनामा आरडीटी र २७० जनामा पीसीआर परीक्षण गरिएको हो । 


शुक्रबार टेकु अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा एन्टिबडी पोजेटिभ देखिएको महानगरपालिकाले जनाएको छ । पोजेटिभ देखिएकामध्ये १६ जना पुरुष र १५ जना महिला छन ।


ती ३१ जनलाई थप पीसीआर परीक्षणको तयारी पनि गरिएको छ । उनीहरुलाई महानगरपालिकाको वातावरण भवनको क्वारेन्टाइनमा राखिएको छ । 


विहिवार कालिमटी तरकारी बजारमा स्वास्थ्य सेवा विभागका महाननिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार ६ सय जनामा चार सयको ¥यापिड टेस्ट र २०० जनाको पिसिआर टेस्टको लागि स्वाव संकलन गरिएको छ ।  

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD