८ बैशाख २०८१, शनिबार
Header

महानगरका सफाईकर्मीलाई पिपिई दिईने


प्रकाशित: आईतबार, २२ चैत्र २०७६, १२ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरका सफाई कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई)उपलब्ध गराउने भएको छ । 


काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर फोहोर व्यवस्थापनका काम गर्ने सफाइकर्मीहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण उपलब्ध गराउने बताएका छन । 


सफाईकर्मीहरु मध्ये औषधि छर्ने काममा खटिने, ल्याण्डफिल साइटमा खटिने, अस्पतालजन्य फोहोर संकलनमा खटिने ५० जनालाई सो उपकरण दिने भएको हो । 


काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकासँगको साझेदारीमा गैर—सरकारी संस्था गुथिले ५०० सय सफाइकर्मीका लागि व्यक्तिगत सुरक्षात्मक सामाग्री उपलब्ध गराउने भएको छ । 


वाटर एड नेपालको सहयोग र फोहरमैला व्यवस्थापन संघ नेपालको सहकार्यमा उपलब्ध हुने सामाग्रीको नमूना गुथिका प्राबिधिक सल्लाहकार प्रकाश अमात्यले महानगरका प्रमुख शाक्यलाई शुक्रवार हस्तान्तरण गरेका छन । 


यो सुरक्षात्मक उपकरणमा सुरक्षा लुगा १ सेट, चस्मा एउटा, पञ्जा एक जोर, बुट एक जोर, मास्क ३ थान, १०० एमएलको स्यानिटाइजर, एउटा साबुन, एउटा रुमाल, एउटा बाल्टिन र एउटा मग हुनेछ ।


गुथिले कीर्तिपुर नगरलाई पनि सामाग्री हस्तान्तरण गरेको छ । काठमाडौं महानगरमा करीब ९५० कर्मचारी सरसफाइमा काम गर्छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD