२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

महानगरका विद्यालयहरुमा राजनैतिक कार्यक्रम गरिएकोमा आपत्ति


प्रकाशित: बुधवार, १३ बैशाख २०८०, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयभित्र राजीतिक दल वा दलका भातृसँगठनको कार्यक्रम सञ्चालन गरेकोमा आपत्ती जनाएको छ । 


महानगरले बुधवार एक सुचना जारी गरी महानगरपालिका भित्र सञ्चालित केही विद्यालयहरुमा दल र त्यसका भातृ सँगठनहरुले कार्यक्रमहरु सञ्चालन गरेको देखिएकोले महानगरपालिकको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।


‘प्रचलित शिक्षा ऐन तथा नियामवली विपरित राजनैतिक दल र त्यसका भातृ सँगठनका कार्यक्रहरु सञ्चालन गरेको सप्रमाण उजुरी प्राप्त भएको पाईएकोले यस विषयमा महानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।’ जारी सुचनामा बताएको छ । 


शिक्षा अधिकारी सीताराम कोईरालाले सचेत गराएको र फेरि पनि विद्यालयहरुमा सो प्रकारका कार्यक्रमहरु संचालन गरिएको पाए प्रधानाध्यापकलाई विभागिय कारवाही हुने जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex