१४ बैशाख २०८१, शुक्रबार
Header

महानगरका विद्यालयमा ‘शिक्षामा सिप’ कार्यक्रमको बालेनको अनुुगमन


प्रकाशित: शुक्रवार, १२ जेठ २०८०, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको सामुदायिक विद्यालयमा बुक फ्री डे अन्तर्गतको ‘शिक्षामा सिप’ कार्यक्रमको महानगर प्रमुख बालेन्द्र साह बालेनले अनुुगमन गरेका छन । 


प्रमुख साहले शुक्रवार कामपा वडा ५ स्थित टंगाल मावि, वडा २५ को कन्या मा.वि.को अवलोकन गरेका थिए ।

 


शिक्षामा सिप कार्यक्रम अन्तर्गत भईरहको गतिविधिहरुलाई प्रभावकारी र सिप योग्य बनाउनु पर्नेमा अनुुगमनको क्रममा जोड दिएका छन ।  


टंगाल  माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले  काष्ठकला  र मोबाइल मर्मत सम्बन्धी तालिम लिईरहेको प्रमुख साहले बताएका छन । 

 


त्यसैगरी, अन्य विद्यार्थीहरूले अन्य अतिरिक्त क्रियाकलापमा हस्तकला बनाउने, कक्षा कोठा सजाउने कार्यक्रम गरे । 


प्रमुख साहले कन्या माविका विद्यार्थीहरुले सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), कपडा निर्माणको तालिम लिएको जानकारी दिए ।

 


विद्यार्थीहरुले निर्वाचनको अभ्यास कार्यक्रमको पनि आयोजना गरेका थिऐ विद्यार्थीहरू आफै उम्मेदवार, निर्वाचन अधिकृत, पर्यवेक्षक, मतदाता बनेर निर्वाचनको अभ्यास कार्यक्रम सञ्चालन गरेका थिए । 


निर्वाचन अघि प्रमुख साहले घोषणा गरे अनुरुप अनुरूप महानगरको सबै सामुदायिक  विद्यालयमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन भइरहेको छ ।


‘बुक फ्री फ्राइडे’ अन्तर्गत ५६ सामुदायिक  विद्यालयमा  ‘शिक्षामा सिप’ कार्यक्रमको अनुगमन सुरु गरिएको छ ।


‘हाम्रो चुनावी घोषणापत्रमा हप्तामा एक दिन सामुदायिक विद्यालयमा सीप, उद्यमशीलता, खेलकुद, सङ्गीत, कला तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्था गरिने उल्लेख गरिएको थियो ।’ उनले भने । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD