१६ चैत्र २०८०, शुक्रबार
Header

महानगरका जेष्ठ नागरिकलाई घरमै सुरक्षा भत्ता वितरण 


प्रकाशित: आईतवार, १३ असार २०७८, १९ः१५ बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरका जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता र जेष्ठ नागरिक भत्ता घरमै गएर वितरण गरिरहेको छ । 


महानगर प्रमुख विद्यासुन्दर शाक्य आफै उपस्थित भई भत्ता वितरण कार्यक्रममा सहभगीता जनाएको छ । सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत र महानगर विशेष भत्ता जेष्ठ नागरिकको घरमै पुगेर प्रदान भइरहेको महागरपालिकाले जनाएको छ । 


७५ बर्ष उमेर पुगेका र काठमाडौँ महानगरपालिका क्षेत्रमा स्थायी बसोबास गर्ने वरिष्ठ ज्येष्ठ नागरिकलाई मासिक १ हजार रुपैयाँका दरले बार्षिक एकमुष्ट १२ हजार रुपैयाँ प्रदान गरिँदै आएको छ ।


महानगरमा जेष्ठ नागरिक भत्ता प्राप्त गर्नेको संख्या ११ हजार २ सय ७६ जनाको प्रारम्भिक संख्या आएको छ ।


गएको बर्ष ४९ हजार ६८४ जना व्यक्तिले सामाजिक सुरक्षा भत्ता र ७ हजार ५ सय ५७ जनाले महानगर विशेष भत्ता प्राप्त गर्नुभएको थियो । 


सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीकाअनुसार नगद बितरणमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा जेष्ठ नागरिक, एकल महिला, बिधवा, पूर्ण अपाङ्गता भएका व्यक्ति, अति अशक्त अपाङ्ग, दलित, जनजाति, तोकिएका बालबालिकालाई राखिएको छ ।


व्यक्तिहरुले हरेक आर्थिक बर्षको साउनदेखि पुस मसान्तभित्र नाम दर्ता वा नविकरण गरिसक्नुपर्छ । नाम दर्ता गराउन वा साबिकमा सामाजिक सुरक्षा भत्ता पाईरहेका लाभग्राहीहरुले निरन्तर भत्ता प्राप्त गरिरहन नाम नबिकरण गर्ने निवेदकले आफ्नो स्थायी ठेगाना रहेको वडा कार्यालयमा गएर तोकिएको ढाँचामा दरखास्त दिनुपर्छ । 


यसरी नाम दर्ता गर्दा, तीनपुस्ते विवरण, नागरिकता नम्बर र सम्पर्क नम्बरसहितको विवरण आवश्यक पर्छ । महानगर विशेष भत्ता प्राप्त गर्ने महानगर विशेष भत्ताका लागि स्थायी बसोबास जनिनु पर्छ र फागुन मसान्तभित्र तोकिएको उमेर पूरा हुुनुपर्ने प्रावधान छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD