१८ बैशाख २०८१, मंगलबार
Header

महानगरका जनप्रतिनिधि, कर्मचारी र जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन सम्झौता 


प्रकाशित: विहिवार, २९ चैत्र २०८०, १७ः३० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, जेष्ठ नागरिक र महानगरवासीलाई स्वास्थ्य सेवा दिने उदेश्यले निजामती कर्मचारी अस्पतालसँग सम्झोता गरेको छ ।  


महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रा. डा विधाननिधि पौडेलबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । 


सम्झौता अनुसार महानगरपालिकाले सिफारिश गरेका ७५ बर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिक, महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, जनप्रतिनिधि कर्मचारीको पूर्ण स्वास्थ्य जाँच परीक्षणसहितका काममा सहकार्य हुनेछ ।


त्यसैगरी, ज्येष्ठ नागरिक उपचारका लागि अस्पतालमा छुट्टै परीक्षण कक्ष स्थापना गरेर इसीजी, ब्लड सुगर, सीबीसी, एक्स रेसहित  १० प्रकारका प्रयोगशाला परीक्षण हुनेछ । 


महिलाहरूमा देखा पर्न सक्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचानका लागि महानगरपालिकाले प्रजनन उमेरका महिलाहरुका लागि सञ्चालन गर्ने शिविरबाट पठाइएका महिलाहरुको एचपीभी डीएनए परीक्षण, बायोप्सी, लिप परीक्षण (लुप इलेक्ट्रो सर्जिकल एक्सिसन प्रोसिड्युर) र मेमोग्राम परीक्षण हुने सम्झौतामा उल्लेख छ । 


परिचय पत्र वा शिफारिसका आधारमा कर्मचारी र जनप्रतिनिधिका लागि विहान ७ बजेदेखि बजेदेखि साढे ८ बजेसम्म पूर्ण शारीरिक परीक्षण सेवा उपलब्ध हुनेछ । 


यसमा युएसजी, इसीजी, युरिन, युरिक एसिड, ब्लड सुगर, लिपिड प्रोफाइलसहित विभिन्न १६ प्रकारका प्रयोगशाला परीक्षण हुनेछ । 


सम्झौता अनुसार महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रहरुबाट पठाइएका विरामीहरुको छुट्टै कक्षबाट उपचार गरिनेछ । महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रबाट गरिएका जाँच तथा स्वास्थ्य परीक्षण प्रतिवेदनलाई अस्पतालले मान्यता दिनेछ । 


कार्यक्रम चालु आर्थिक बर्षको असार मसान्तभित्र सम्पन्न हुनेछन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD