१५ बैशाख २०८१, शनिबार
Header

महानगरका कर्मचारीको व्यवस्थापन विधेयक २०७७ लाई सहमति


प्रकाशित: सोमवार, २६ माघ २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरका कर्मचारीको सेवा, सर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक २०७७ लाई महानगरको ५६ औं कार्यपालिका बैठकले सहमति दिएको छ । 


बैठकले समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७को तर्जुमा गर्न पनि सहमति प्रदान गरेको छ । प्रमुख शाक्यको अध्यक्षतामा राष्ट्रिय सभा गृहमा बसेको बैठकले सो सहमति दिएको हो ।


महानगरले सम्पादन गर्ने काम, ती काम व्यवस्थापन गर्न आवश्यक विभाग, महाशाखा, शाखा, सचिवालय, फाँटसहित आवश्यक संगठन संरचना, दरबन्दी, कार्य विवरण, साविक महानगरको सेवा प्रवेश गरेका कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्दाका सर्त, विधिलगायत विषय व्यवस्थापन गर्न ऐन तर्जुमा गर्न बैठकले सहमति दिएको हो ।


विधेयकको मस्यौदा विधायन समितिमा पठाइएको छ । समितिले सुशासन समितिसँगको समन्वयमा छलफल गरेर आउँदो कार्यपालिका बैठकमा पेश गर्नेछ । कार्यपालिकाबाट विधेयक पारित भएपछि फागुन ४ गते बोलाइएको विशेष अधिवेसनमा पेश हुनेछ ।


त्यसैगरी बैठकमा सार्वजनिक निजी साझेदारीअन्तर्गत काठमाडौं फोहोरमैला व्यवस्थापन बारे सुझाव दिन गठित समितिको प्रतिवेदन प्रस्तुत गरिएको यिथो । 


समितिका संयोजक एवं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले संयुक्त रुपमा प्रतिवेदनको सार प्रस्तुत गरिकी थिईन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD