८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

महाधिवेशन ०८३ मंसिर अगाडि सम्पन्न हुने गगन थापाको दाबी


प्रकाशित: शनिवार, ३१ जेठ २०८२, १५ः५० बजे
- महानगरखबर

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन आगामी ०८३ साल मंसिरअघि नै सम्पन्न हुने स्पष्ट पारेका छन । 


काठमाडौंस्थित नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ को तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले महाधिवेशनबारे कुनै अन्योल नराख्न सबैलाई आग्रह गरे । 


उनले भने, ‘‘अधिवेशनका बारेमा कोही पनि कन्फ्युजनमा नरहनु होला। हामीसँग लास्ट डेट भनेको ०८३ को मंसिर हो। त्यहाँसम्म पुर्‍याउनु हुन्न। त्यसले हाम्रो स्थानीय चुनावलाई प्रभावित गर्दछ। सकेसम्म अगाडि तान्नुपर्छ। तपाईंहरूले जति छिटो क्रियाशिल सक्याइदिनुहुन्छ, त्यति छिटो हामी अधिवेशनमा लिएर जान सक्छौँ।’’


महामन्त्री थापाले पार्टीको महाधिवेशन ०८४ सालको आम निर्वाचनपछि मात्र हुने हो कि भन्ने आशंका निराधार रहेको स्पष्ट पारे। 


‘‘कसैको दिमागमा कतै यो ०८४ सालको निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने आशंका छ भने त्यो भ्रमबाट निस्किहाल्नुस्,’’उनले भने।


उनले पार्टीभित्रका सबै नेताहरूबीच सहमति जुटेर पनि महाधिवेशन सार्ने अधिकार नभएको उल्लेख गरे । 


‘‘पार्टी सभापति शेरबहादुर देउवादेखि भूतपूर्व पदाधिकारीहरू, शेखर कोइराला, शशांक कोइराला, म आफैँ, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्ने निर्णय गरे पनि अदालतले त्यसलाई रोक्नेछ। पाइँदैन। कोही कुनै पार्टीसँग मिलेर पनि पाइँदैन। नयाँ नाम फेरेर मात्र पाइन्छ,’’ थापाले भने।


महामन्त्री थापाले नेविसंघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाहरूले अधिवेशन गर्ने हो भने पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।


उनले यथासक्य छिटो क्रियाशील सदस्यता वितरणको काम सक्न कार्यकर्तालाई निर्देशनसमेत दिए।

asteriskhubs
Home Page Bottom Second


maharjan complex