काठमाडौं । पहिले क्रिस्टल होटल र पछि होटल क्लासिक रहेको जुद्ध सालिकबाट इन्द्रचोक जाने बाटोको मोडमै रहेको महर्जन बिजनेस एसोसिएट्सले बनाईरहेको मापदण्ड बिपरित भएको भन्दै प्रोपब्लिकका कार्यकारी निर्देशक अधिवक्ता प्रकाशमणि शर्मा, उक्त क्षेत्रका सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठलगायतले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।
विश्वसम्पदा स्थल हनुमानढोकाको बफर जोनमा रहेको उक्त भवन पुरातात्विक मापदण्ड अनुसार नभएको भन्दै दायर गरिएको उक्त रिट निवेदनमा मुद्दा गम्भिर प्रकृतिको भएको हँुदा मुद्दा किनरा नलागेसम्म निर्माण कार्य रोक्न माग गरेको छ ।
रिट निवेदनमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालय, पुरातत्व बिभाग, काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका विकास प्राधिकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौं जिल्ला प्रशासन कार्यलय, हनुमानढोका हेरचाह अड्डा, कामप २४ नं. वडा कार्यलय, महर्जन बिजनेस एसोसियट्स प्रालिलाई विपक्षी बनाईएको छ ।
प्राचिन स्मारक ऐन, २०१३ अनुसार भवन निर्माण गर्न मञ्जुर छ भनी सम्बन्धित पक्षले कागज गरेको भए पनि निर्माणकार्य आफ्नो हिसाबमा गरेको भन्ने रिट निवेदनहरुको रहेको छ ।
Categorized in राष्ट्रिय