७ भाद्र २०८३, आइतबार
Header

महर्जन बने शारीरिक सुगठनका विश्वबिजेता


प्रकाशित: आईतबार १ पुष २०७५, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपालका महेश्वर महर्जनले थाईल्याण्डमा भएको १० औं विश्वव्यपाी शारीरिक सुगठनका स्वर्णपदक जिते पछि विश्वविजेता बनेका छन् । 


७५ केजी तौल समुहमा नेपालका महर्जनले स्वर्ण जितेका हुन । शनिबार लोटस होटलमा भएको फाइनल राउन्डमा महर्जनले अन्य प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जित्न सफल भए ।


भारतका जयप्रकाशले दोस्रो, सिंगापुरका तेस्रो, थाइल्यान्ड चौंथो र उज्बेकिस्तान पाचौं भएका छन् । 


यस अघि महर्जनले  भुटानमा आयोजित ५० औं एसियन बडिबिल्डिङ च्याम्पियनसीपमा पनि स्वर्ण जितेका थिए । 


थाइल्यान्डमा १४ डिसेम्बरबाट सुरु भएको ‘१० औं विश्व बडीविल्डिङ फिजिक स्पोटर््स च्याम्पियनसीप’ मा नेपालबाट मानन्धसहित दुई खेलाडीले भाग लिएका थिए । 


एसियन च्याम्पियनसीपमा गोल्ड मेडल जितेको आधारमा एसोसिएशनले थाइल्यान्डमा महर्जनलाई पठाएका थिए । 


महर्जनले नेपालमा थुप्रै पटक स्वर्णपद जितिसकेका छन् । उनले शारीरि सुगठनलाई आफ्नो भविष्य बनाएका थिए । 


विश्वविजेता बन्न उनले धेरै महिनेत गरेका थिए । भात खान त निकै अगाडिदेखि छाडेका थिए । यस्तै चिल्लो–पिरो पनि बारेका थिए । उनी दैनिक अण्डाको ३० वटा सेतो भाग खान्थे भने एक केजी कुखुराको ब्रेष्ट खान्थे र दैनिक ८ घण्टा जिम गर्थे । 


काठमाडौंका छाउनी घर भएका उनी लामो समयदेखि शारीरिक सुगठनमा क्रियाशिल छन । सामन्य परिवारमा जन्मेका उनले कक्षा ९ पढ्दादेखिनै  नरदेवीको यूनिभर्सल जिमबाट शारीरिक व्यायाम सुरु गरेका थिए ।


उनी नेपाल फर्केपछि एशोसियनले नगरपरिक्रममा गराउने भएको छ साथै नगद पुररस्कार पनि दिने तयारी गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex