काठमाडौ । काठमाडौंको न्युरोडस्थित विशाल बजारको ओपोजिट निर्माणको अन्तिम चरणमा पुगेको व्यापारिक भवन महर्जन कम्पलेक्स उद्घाटनको तयारीमा रहेको महर्जन विजनेस एशोसिएट्स प्रा.लि.ले जनाएको छ ।
प्रालिले आगामी दशैं– तिहारको अवसर पारेर महर्जन कम्प्लेक्सको उदघाटन गर्ने तयारीका साथ निर्माण कार्य भैरहेको छ ।
विनाशकारी भूकम्पले ध्वंस्त बनेको तत्कालिन क्रिस्टल होटल र पछि क्लासिक होटल भएको स्थानमा महर्जन कम्पलेक्स निर्माण भएको हो । यस भवनभित्र एकसय वर्गफिटदेखि पाँचसय वर्गफिटसम्मका ६० वटा पसल कवलहरु निर्माण भएका छन् ।
कम्प्लेक्समा ज्वेलरी, रेस्टुरेन्ट, फेन्सीलगायतका विभिन्न पसलहरु रहने प्रा.लिले जनाएको छ ।
बिजनेस एशोसिएट्स प्रा.लि.का अध्यक्ष कृष्णलाल महर्जनका अनुसार कम्पलेक्स सम्पदामैत्री तथा आधुनिक प्रकृतिको भएको हुने भएकोले आकर्षक हुनेछ ।
Categorized in बजार