२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

महर्जन कम्पलेक्सविरुद्ध एक सय चार जनाले मुद्दा हाले,  महानगरले बदमासी गरेको अरोप


प्रकाशित: बुधबार, २ साउन २०७५, १६ः३५ बजे
- महानगरखबर

काठमाडौं । विश्व सम्पदा सुचिकृत हनुमानढोका परिसरमा निर्माधिन महर्जन कम्पलेक्स विरुद्ध बुधबार सर्वोेच्च अदालतमा अवहेलना मुद्दा दायर गरेको छ ।

 
सम्पदा बचाउ अभियानको अगुवाईमा सो मुद्दा पेश भएको हो । सो कम्पलेक्सविरुद्ध एकसय ४ जनाले मुद्दा हालेका हुन । 


हनुमानढोका दरबार हेरचाह अड्डाले सम्पदा क्षेत्रभित्र पर्ने उक्त घरमा रोक लगाए पनि निर्माण यथावत रहेपछि सो मुद्दा दर्ता गरिएको सम्पदा अभियान्ता गणपतिलाल श्रेष्ठले बताएका छन् ।

 
अभियान्ता श्रेष्ठका अनुसार मापदण्ड विपरित निर्माण कार्य जारी राखेपछि स्थानीय बासीले उनीहरुलाई सचेत गराउन कानुनी उपचारको बाटो रोजेको बताईएको छ ।

 
न्यूरोड, जुद्ध सालिकबाट वसन्तपुर दरबार क्षेत्र छिर्ने प्रवेशद्वारमै रहेको उक्त भवन २०७२ को भुइँचालोपछि महर्जन बिजनेस एसोसियट्स प्रालिले किनेर महर्जन विजनेस कम्पलेक्स बनाउन सुरु गरेको थियो ।

 
अभियान्ता श्रेष्ठले नक्सा पास गर्दा महानगरबाट पनि बद्मासी भएको आरोप लगाएका छन् । उनका अनुसार महानगरले महर्जन बिजनेस एसोसिएट्सलाई अनुमति दिँदा एकै दिन दुई फरक आसयको चिठी दिएको थियो । एउटा चिठीमा सम्पदा क्षेत्रको मापदण्डबमोजिम घर बनाउन अनुमति दिइएको छ भने अर्कोमा ‘अन्डरग्राउन्ड’ पार्किङ बनाउने अनुमति दिइएको छ ।


नेपालको प्राचीन स्मारक ऐन २०१३ अनुसार सम्पदा क्षेत्रमा भवन निर्माण गर्दा ३५ फिटभन्दा माथि जान पाइँदैन ।  भूमिगत संरचना पनि बनाउन नपाईने व्यवस्था छ ।

 
स्थानीयले विरोध गरेपछि पुरातत्व विभागको हनुमानढोका दरबार हेरचाह अड्डाले साउन २६ गते कम्पनीलाई अन्डरग्राउन्ड पुर्न निर्देशन दियो । पुरातत्वले घरधनी बोलाएर मापदण्डविपरित नजान कबुल गराएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika