८ बैशाख २०८१, शनिबार
Header

महर्जन कम्पलेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको शुभारम्भ 


प्रकाशित: विहिवार, १ बैशाख २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडस्थित महर्जन कम्पलेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ गरिएको छ । 


विहिवार नयाँ वर्षको अवसर पारेर फोर नाइन बागलुङ ज्वेलर्सका प्रोपाइटर अमिर सुनारका पिता साथै चितवन नारायणगढस्थित बागलुङ ज्वेलर्सका संचालक टिकाराम सुनारले रिवन काटेर पसलको समुद्घाटन गरे । 


पूजाआजा पछि रिवन काटेर पसलको समुद्घान गरिएको थियो । यस गहना पसलबाट केही समय अगाडी नै सेवा शुरु भइसकेको भएपनि औपचारिक उद्घाटन भने बाँकि थियो । 


शुद्धता हाम्रा प्रतिवद्धता नारा दिइएको यस पसलबाट गरगहना साथै अन्य सामग्री खरिद गर्दा २४ क्यारेटको शुद्ध सुन पाइने दावी गरिएको छ । 


‘हाम्रो सेवामा शुद्धतालाई प्राथमिकतामा राखेका छौं । नाफा थोरै मात्र खाउँला, विस्तारै खाउँला । शुद्धतामा हामी सम्झौता गर्नेछैनौं । शुद्धताको पहिचान दिन नै पसलको नाम समेत फोर नाइन भनेरै राखेको हो’ सुनारले भने । 


२९ वर्षीय ज्वेलरी व्यवसायी सुनारले यस अघि चितवनमा बागलुङ ज्वेलर्सको शुरुवात गरेका थिए । सो समयमा अपेक्षा अनुसार व्यवसाय अगाडी बढ्न नसकेपछि उनी कतार पुगेका थिए । 


कतारमा १६ महिना सुरक्षा गार्डको काम गरी नेपाल फर्केर बागलुङ ज्वेलर्सलाई पनि नयाँ ढङ्गले अगाडी बढाएका थिए भने चितवनमै फोर नाइन बागलुङ ज्वेलर्सकै नामबाट ज्वेलरी पसल शुरु गरेका थिए । 


पसलको शुभारम्भको अवसरमा ज्यालामा ५० प्रतिशत छुटको सुविधा दिइएको छ । यो छुटको सुविधा आउँदो वैसाख १५ गतेसम्म लिन सकिने प्रोप्राइटर अमीर सुनारले जानकारी दिए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD