८ बैशाख २०८१, शनिबार
Header

महरा प्रहरी छानविनबाट जोगिए 


प्रकाशित: बुधवार, १५ असोज २०७६, २१ः३० बजे
- महानगरखवर

काठमाडौं । यौन दुव्र्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरी छानविनबाट जोगिने भएका छन ।


संसद सचिवालयका महराबाट पीडित भनेकी महिलाले आफू ‘डिप्रेशन’ को विरामी भएको भन्दै प्रहरीमा उजुरी दिएपछि यौन दुव्र्यवहारको आरोपमाथिको अनुसन्धान रोकिने भएको छ । 


ती महिलाले अनलाईन मिडियाबाट आफूमाथि आईतबार राती महराले यौन दुव्र्यवहारसँगे कुटपिट गरेको खुलासा गरेकी थिईन । 


उक्त घट्ना बाहिरिए लगत्तै महरा विवादित बनेको थिए भने मंगलवार सभामुख पदबाट राजीनामा दिएका थिए । 


महराले राजीनामा दिएलगत्तै ती महिलाले महराले आफूमाथि कुनै दुव्र्यवहार नगरेको बरु महरा सर बाबु जस्तै भएको र सामाचार बाहिर आएजस्तो महरा सर आफु कहाँ नआएको भन्दै बोली फेरेपछि घट्नाले अर्कै मोड लिएको छ । 


उनले बुधवार महानगरीय प्रहरी वृत्त तिनकुनेमा आफू डिप्रेसन विरामी भएको र मिडियामा आएको विषय आफूलाई थाहा नभएको भन्दै लिखित निवेदन नै दिएकी छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD