१४ बैशाख २०८१, शुक्रबार
Header

महरा अझै ३ दिन हिरासतमा 


प्रकाशित: मंगलवार, २८ असोज २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । यौन दुव्र्यवहारको आरोप लागेका निर्वतान सभामुख कृष्णबहादुर महरा थप ३ दिन हिरासतमा बस्नुपर्ने भएको छ । 


काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले सरकारी वकिल र महराका वकिलहरूको बहस सुनेपछि अदालते महरालाई अझै ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 


यस अघि सरकारी वकिल कार्यालयले पक्राउ परेको दिनदेखि लागू हुने गरी १३ दिन हिरासतमा राखेर महराबारे अनुसन्धान गर्न अनुमति दिन माग गरेको थियो ।  


महराको स्वास्थ्य स्थिती खराब भएको र वयानको लिन बाँकी रहेकोले हिरासतमा राख्न समय थप्नु पर्ने सरकारी वकिल उमाकान्त पौडेलले बहसका क्रममा भनेका थिए ।


वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटा लगायतले महरालाई रिहा गर्नुपर्ने माग गर्दै बहस गरेका थिए ।


संसद सचिवालयका कर्मचारी रोशनी शाहीले महरामाथि बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि महरा पक्राउ परेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD