१६ चैत्र २०८०, शुक्रबार
Header

महराले बयान दिन नसक्ने भन्दै अस्पतालको पत्र !


प्रकाशित: विहिवार, ३० असोज २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । निर्वतमान सभामुख कृष्णबहादुर महराले स्वास्थ्यको कारण देखाउदै बयान दिन आलटाल गरेको छ । 


सरकारी वकिलले महराको थप बयान लिन खोजेपनि स्वास्थय समस्या देखाउँदै प्रहरीमार्फत अस्पतालको पत्र पठाएपनि बयान पछि सरेको छ । 


काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीका अनुसार अस्पतालको पत्र अनुसार थप बयान लिन नसकेको हो । 


पक्राउ परेलगत्तै स्वास्थ्यमा गम्भीर समस्या परेको भन्दै नर्भिक अस्पतालमा उपचारको लागि महरा भर्ना भएका छन । असोज १९ गते पक्राउ परेका उनी २३ गते देखि नर्भिकको क्याविनमा उपचारका लागि बसेका छन ।  


महराले बयान दिन नमाने पनि प्रहरीले अन्य प्रमाणहरू संकलन गरेर २५ दिनभित्र सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्ने छ । 


संसद सचिवालयकी कर्मचारी रोशनीले आफूलाई बलात्कार प्रयास गरेको र प्रतिकार गर्दा कुटपिट भएको भन्दै प्रहरीमा महराविरुद्ध उजुरी दिएपछि महरा पक्राउ परेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD