२२ आश्विन २०८३, बिहिबार
Header

महजोडी अभिनित ‘महापुरुष’ कार्तिक ११ गते प्रदर्शनमा 


प्रकाशित: आईतवार, २२ साउन २०७९, २०ः४० बजे
- महानगरखवर

काठमाडौं । वरिष्ठ हास्यकालाकार हरिबंश आचार्य र मदनकृष्ण अभिनित चलचित्र महापुरुष कार्तिक ११ गते प्रदर्शनमा आउने भएको छ । 


अभिनेता आचार्यले षट्कोण आट्र्स प्रालिबाट  टलकजङ्ग भर्सेज टुल्के, जात्रा र जात्रै जात्राको अपार सफलता पछि चौथौ चलचित्र महापुरुष यही कार्तिक ११ गते भाइटीकाको भोलिपल्ट संसार भर प्रदर्शन हुन गइरहेको बताएका छन । 


उनले भने, ‘यो खबर हाम्रा आदरणीय दर्शक हरु माझ बाड्न पाउँदा हर्षित छौं । चलचित्रमा  हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ  गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ राजाराम पौडेल र नव नायक नायिका अरुण क्षेत्री र अञ्जना बराइली मुख्य  कलाकारको रूपमा रहनु भएको छ ।’


चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराई हुन । चलचित्रमा शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ,  नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौडेल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पं. प्रज्वल लुइँटेल लगायत छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex