काठमाडौं । सानिमा विकास बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा ललितपुरको ढोलाहिटीमा बैंकको शाखा उद्धघाटन गरेका छन ।
सो अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन ।
कोभिड–१९को संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई शाखा उद्घाटन गरेको उल्लेख गरेको छ । बैंकले सातै प्रदेशमा १०५ कार्यालय र ९६ वटा ए।टि।एम। मार्फत सेवा प्रदान गरिरहेको छ ।
Categorized in बैंक