१२ बैशाख २०८१, बुधबार
Header

महजोडीद्वारा सजिलो पढाउने एप सार्वजनिक


प्रकाशित: सोमबार, ३० असार २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । विद्यालय पढ्ने साना विद्यार्थीहरूको अध्ययनलाई सहयोग पुग्ने ‘स्मार्टर मोबाइल एप’ नेपालमा सार्वजनिक भएको छ । म्याक्स कनेक्ट प्रा.लि.ले सञ्चालनमा ल्याएको उक्त मोबाइल एप हालै एक कार्यक्रम बीच प्रसिद्ध हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शुभारम्भ गर्नुभएको हो ।


कार्यक्रममा बोल्दै मह जोडीले आफ्ना पालामा यस्तो कुनै प्रविधि नभएकोले पढाई ज्यादै कठिन भएको र अहिले प्रविधिका कारणले विद्यार्थीहरूको पढाई ज्यादै सहज बन्दै गएको धारणा व्यक्त गर्नुभयो । 


म्याक्स कनेक्टका प्रमुख कार्यकारी अधिकृत जीत रागबले कक्षा ४ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरी पाठ्यक्रम अनुसार नै तयार गरिएको उक्त एपबाट अनलाइन र अफलाइन दुवै माध्यमले अध्ययन गर्न सकिने बताउनुभयो । प्रति विद्यार्थी वार्षिक ५ हजार शुल्क तिरेर एपको सेवा लिन सकिने र म्याक्स कनेक्टका देशभरिका डिलरहरु मार्फत हरेक स्कुलसम्म पुग्ने योजना रहेको जानकारी पनि उहाँले दिनुभयो । 


म्याक्स कनेक्टका निर्देशक राजेश तुलाधरले यो एप युरोप, अष्ट्रेलिया, अमेरिकामा जस्तै नेपालमा पनि विद्यार्थीहरूको पढाईमा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । माक्स कनेक्ट टिमले यस अघि ‘म्याक्स कनेक्ट इआरपी’ मोबाइल एप मार्फत नेपाल र भारतका ४ सय स्कुल र २ लाख ५७ हजार विद्यार्थीलाई आवद्ध गराई सेवा दिइरहेको छ । 

 

कम्पनीका प्रवन्ध निर्देशक रीना बज्राचार्यले माक्स कनेक्ट टिमले आजको डिजिटल युगलाई सुहाउँदो एप बनाई नेपालको शिक्षा क्षेत्रलाई सहज तुल्याइरहेको बताउनुभयो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD