काठमाडौं । सरकारले नेपाल संवत्को तिथि अनुसार मंसिर २ गते पर्ने किजा पूजा (भाई टिका)को दिन सार्वजनिक विदा दिएको छ ।
मन्त्रिपरिषदको कात्तिक २४ गतेको बैठकले किजा पूजाको अवसरमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्ती अनुसार देशभर सो दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थामा बिदा हुने छ ।
मंसिर १ गते पनि भाईटिको सार्वजनिक विदा रहेको छ ।
Categorized in समाज