८ बैशाख २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

मल्ल के सुन्दरको नेपाल संवतया भिंतुना आन्दोलन प्रकाशन हुने


प्रकाशित: शुक्रवार, ९ कात्तिक २०८१, १०ः५० बजे
- महानगरखवर

काठमाडौं । नेवाः अगुवा मल्ल के सुन्दरले लेख्नुभएको नेपाल संवतया भिंतुना आन्दोलन (म्हिगः थौं व कन्हय्) नेपाली भाषामा पनि प्रकाशन हुने भएको छ । 


पहिलो प्रकाशनका रूपमा नेपालभाषाबाट प्रकाशित यो पुस्तक सम्पूर्ण नेपालीले नेपाल संवतका विषयमा बुझाउनका लागि  खस नेपाली भाषामा पनि पुस्तक प्रकाशन गर्न लागिएको हो । 


न्हूदँ समारोह समिति ११४५ सचिवालयले दिएको जानकारी अनुसार नयाँ वर्ष ११४५ भन्दा अगावै यो पुस्तक प्रकाशनको तयारी गरिएको छ । 


लेखक मल्लले लेख्नुभएको यो पुस्तक नेपालभाषाबाट काठमाडौंको ग्वंगःबुँमा गत कछलागा तृतीयाका दिन भएको नेपाल संवत राष्ट्रिय कार्यशाला गोष्ठीमा विमोचन गरिएको थियोे । 


न्हूदँ समारोह समिति ११४४ को प्रकाशनका रूपमा प्रकाशित पुस्तक भित्र नेपाल संवत आन्दोलनको सम्पूर्ण पक्ष अभिलेखीकरण गरिएको छ भने  नेपाल संवत आन्दोलनको एक दस्तावेजका रूपमा न्हूदँ समारोह समितिले लिएको छ ।


पुस्तकमा विभिन्न संवत र विकास, राज्य बहिष्करण, दमन अनि प्रतिरोध, आजसम्मको उपलब्धी र भविष्यको बाटोलाई लिएर लेखिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex