३२ आषाढ २०८२, बुधबार
Header

मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा 


प्रकाशित: विहिवार, १९ असार २०८२, १२ः१० बजे
- महानगरखवर

काठमाडौं । नेपाल क्रिकेट टोली एसिसी मेन्स इस्ट जोन कप २०२५ को फाइनलमा प्रवेश गर्न सफल भएको छ । 


बुधबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले घरेलु टोली मलेसियालाई ९ विकेटको विशाल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।


क्वालालम्पुरमा भएको खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले मलेसियालाई ४३.१ ओभरमा ९० रनमै अलआउट गरयो ।

 
बलिङतर्फ नेपालका अभय यादव चम्किए । उनले १० ओभरमा मात्र १५ रन खर्चिएर ४ विकेट झारे। शुभम् खनालले ३ विकेट लिँदा कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले १–१ विकेट लिए ।


मलेसियाका लागि मुहमद फतुल मुहिनले सबैभन्दा बढी ३८ रन बनाए । उनले ७१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। बाँकी ब्याटर नेपालका धारिलो बलिङ अघिल्ति खासै टिक्न सकेनन । 
जवाफमा नेपालले ९१ रनको लक्ष्य ११.४ ओभरमै १ विकेट गुमाउँदै पूरा गर्‍यो ।  


ओपनर परिमार्जन यादवले आक्रामक प्रदर्शन गर्दै ३५ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै अविजित ५९ रनको योगदान दिए । 


साथ दिएका शिवान्स बजागाइँले २२ बलमा ५ चौकासहित नटआउट २३ रन बनाए ।


नेपालका प्रसिद्ध जैशी २ रनमा आउट भएका थिए । अर्को सेमिफाइनल खेलमा सिंगापुर र हङकङबीच प्रतिस्पर्धा जारी छ ।


प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । यसअघि नेपालले समूह चरणका सबै चार खेलमा जित निकाल्दै समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको थियो । 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
budha jyanti 2569
maharjan complex