काठमाडौं । बैदेशिक रोजगारका लागि गएका सोलुुखुम्बु माम्य दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
विगत ३ वर्षदेखि मलेशियामा कार्यरत राईको बिहीबार सवारी दुर्घटनामा परी उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको उनका भाई दानकुबिर राईले जानकारी दिए ।
मृतक राई मलेशियाको मलकाको सुङ्गाइ कोलाबारु मजिस्थानाम रहेको केल्विन कम्पनीमा सामान डेलिभरी गर्न सहयोगीका रुपमा कार्यरत थिए ।
जुंगल इन्टनेशनल ओभरसियर प्रालिसँग सहकार्य गरी शवलाई नेपाल ल्याउने तयारी थालिएको छ ।
Categorized in समाज