१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मलेसियमा विषाक्त रक्सीका कारण मृत्यु भएका भनिएका ६ नेपालीको पहिचान


प्रकाशित: बुधबार, ३ असोज २०७५, १३ः२१ बजे
- महानगरखबर

काठमाडौं । मलेसियामा विषाक्त रक्सीका कारण मृत्यु भएका भनिएका ६ नेपालीको पहिना भएको छ । 


मलेसियाको सेलांगोर राज्यका विभिन्न स्थानमा काम गर्न गएका नेपालीको विषाक्त रक्सी सेवनबाट मृत्यु क्वालाम्पुरस्थित नेपाली राजदूतावासले एक प्रेस विज्ञप्ती जारी गरी जनाएको छ । 


मृत्यु हुनेहरूमा धादिङ बसेरी–३ कामिमबहादुर घले, रुपेन्देही, मसिना–६ का रामकुमार यादव, डडेल्धुरा अमरगढी– ५ का विशाल बुढाथोकी, सुनसरीका पश्चिमकुसाहा–९ का संजय उराव,  इलाम सिद्दिथुम्का–९का बलबहादुर कुलुङ र जिल्ला पहिचान हुन नसकेका आइतसिङ गोले रहेको छ । 


विषाक्त मदिरा सेवनबाट १६ नेपाली बिरामी परेका छन जसमध्ये केही उपचारपछि डिस्चार्ज भएका छन भने केहीको उपचार जारी रहेको प्रेस विज्ञप्तीमा उल्लेख छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex