८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मन्त्री राणाको व्रिफिङः बीआरआई ‘लोन’ हैन ‘एड’ शव्द छ, विपिन सकुशल रिहाइ हुन्छ, नेपाललाई चिनको १२ अर्ब ४ करोड अनुदान


प्रकाशित: सोमवार, २९ पुस २०८१, १४ः३० बजे
- महानगरखवर

काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणाले वेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मा ‘लोन’ भन्ने शब्द नै नरहेको बताएकी छन् ।


राणाले सोमवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा भनिन,‘बीआरआई (हस्ताक्षर) २० हजार चोटि पढेर गरिएको हो । लोन शब्द भन्ने छैन । एड भन्ने छ । यो ग्रान्ट हो।’


त्यसैगरी, पोखरा विमानस्थल बीआरआई अन्तरगत हो कि होइन भन्ने पनि सांसदहरुको प्रश्न मन्त्री राणाले पोखरा विमानस्थल बीआरआईमा हस्ताक्षर गर्नुभन्दा अगाडि नै अघि बढेको विषय भएको उल्लेख गरिन ।


चीनले नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलाई चलायनमान बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाएको मन्त्री राणाले बताइन । 


प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा परराष्ट्रमन्त्री डा. आरजु राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग आफ्नो भेट भएको बैठकमा जानकारी दिइन् ।


‘पोखरा विमानस्थल एजेन्डामा थिएन । तर वाङ यी ले वी विल हेल्प टू रन पोखरा एयरपोर्ट भन्नुभएको छ,’ राणाले भनिन् ।


विपिन जोशी सकुशल रहेको र फर्केर स्वदेश आउने


मन्त्री आरजु राणाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको र फर्केर स्वदेश आउने विश्वास रहेको बताएकी छन । 


समितिमा बोल्दै परराष्ट्र मन्त्री राणाले भनिन्, ‘विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनु हुन्छ भन्नेमा ढुक्क छु ।’


इसराइलले रिहाइका लागि हमासलाई सूची पठाएको विषय आएको उल्लेख गर्दै उनले भनिन्, ‘३४ जना रिहा हुन लागेको रिपोर्ट आएको थियो तर होइन भन्ने पनि आयो ।’


उनले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन यसअघि नै आग्रह गरेकी थिइन् ।


सन् २०२३ को अक्टोबरमा इसरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए ।


२०७२ यता चीनले नेपाललाई १२ अर्ब ४ करोड अनुदान


बैठकमा मन्त्री राणाले २०७२ यता चीनले नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने घोषणा गरेको बताइन । 


उनका बैठकमा भनिन्, ‘चीन सरकारका तर्फबाट वि.सं. २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन (करिब ने. रू. २ अर्ब ७० करोड) का अतिरिक्त राष्ट्रपति सी चिनफिङद्वारा थप अनुदान आरएमबी ५०० मिलियन (करिब ने.रू. ९ अर्ब ३४ करोड) घोषणा भएको छ’ समितिको बैठकमा प्रस्तुत विवरणमा उल्लेख छ ।


प्रधानमन्त्री ओलीले गत मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमण गरेका थिए । सो क्रममा चिनियाँ राष्ट्रपति सीले करिब ९ अर्ब ३४ करोड रुपैयाँ थप अनुदान दिने घोषणा गरेको परराष्ट्रमन्त्री राणाको भनाइ छ ।


सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउने, दुई देशबीच सम्पन्न सम्झौता समझदारीहरूको कार्यान्वयनलाई थप गति दिने, उच्चस्तरीय आदान–प्रदान कायम राखे, आपसी विश्वासलाई सुदृढ बनाई द्विपक्षीय हितका लागि सहकार्य विस्तार गर्ने लगायतका विषय उल्लेख गरिएको छ ।

 

13 January 2025, Monday

asteriskhubs
Home Page Bottom Second


maharjan complex