३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

मन्त्री योगश भट्टराईलाई प्रमुख अतिथी बनाएको भन्दै नेवाः दबूको कार्यक्रमको बिरोध


प्रकाशित: बुधवार, १८ भाद्र २०७६, २१ः३० बजे
- महानगरखवर

काठमाडौं । नेवाः देय् दबूको विहिवार हुने २५ औं जन्मोत्सव कार्यक्रमका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराईलाई प्रमुख अतिथी बनाएको विरोध भएको हुने भएको छ । 


नेवाः राजनीतिक अभियानले भट्टराईलाई प्रमुख अथिति बनाएर सम्पदाप्रेमीहरुको अपमान भएको भन्दै कार्यक्रमको वहिष्कार सँगै भोली कार्यक्रमको विरोध गर्ने जनाएको छ । 


अभियानले कार्यक्रम स्थल नेपाःब्यांक्वेट (खुशिबुँ) मा सम्पदाप्रेमीहरुलाई १२ बजे विरोध कार्यक्रममा भाग लिन समेत आव्हान गरेको छ । 


यता दबूका अध्यक्ष नरेश ताम्राकारले योगेश भट्टराई व्यक्तिलाई नभई पर्यटनमन्त्रीको हैसियतमा कार्यक्रममा प्रमुख आतिथी बनाएको बताएको छ । 


अध्यक्ष ताम्राकारले सो कार्यक्रममा मन्त्री भट्टराईलाई नेवाः भाषा, संस्कृति, सम्पदामाथि भएको हस्तक्षेप लगायतका विषयमा अवगत गराउने र सरकारलाई हाम्रो समस्या सुनाउन आग्रह गरिने जानकारी दिए । 


सो कार्यक्रममा नेवाः भाषा, संस्कृति तथा क्षेत्रमा योगदान पुराएका विभिन्न व्यक्तित्वहरु शताब्दी पुरुष सत्यमोहन जोशी, लक्ष्मण राजबंशी, मल्ल के. सुन्दुर, प्रकाश पालिखेलगायत विभिन्न व्यक्तिह्रलाई सम्मान गरिने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex