काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवका स्वकीय सचिव प्रेम आचार्यमाथि हातपात भएको छ ।
बुधवार दिउँसो मन्त्रालयमा मन्त्री यादवकै अगाडी हातपात भएको थियो ।
नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघका नेता सुरेन्द्र भण्डारीका नेतृत्वमा गएको एक टोलीविच र स्वकीय सचिव आचार्यविच विवाद भएपछि हात हालाहाल भएको थियो ।
युनियनका कार्यकर्ताले मन्त्रालयका उपसचिव शोभाकर रेग्मीलाई उद्योग विभागमा सरूवा नगरी पैसा खाएर अर्का उपसचिव विनोद खड्कालाई सरूवा गरेको आरोप लगाएका थिए ।
मन्त्री यादवले कर्मचारीको सरुवा मन्त्रालयको प्रशासनिक अधिकार भएको बताउँदै घुस खाएको प्रमाण ल्याउन युनियनका कार्यकतालाई भनेका थिए ।
विवाद भएपछि मन्त्रालयमा प्रहरी समेत आएका थिए ।
Categorized in समाज