११ बैशाख २०८१, मंगलबार
Header

मन्त्री भट्टराईमाथि अभद्र व्यवहार गरेको आरोपमा ज्ञानेन्द्र शाही प्रहरी हिरासतमा 


प्रकाशित: सोमबार, ३० भाद्र २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको अभद्र व्यवहारबारे सोधपुछको लागि प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमा लिएको छ ।


शनिवार नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री भट्टराईको कारण एक घण्टा ढिला भएको भन्दै विमाानभित्रै शाहीले अभद्र व्यवहार र गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो । 


सोही विषयमा मन्त्री भट्टराईले आईतबार पत्रकार सम्मेलन गरी जानकारी दिने क्रममा एक समूहले शाहीमाथि हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै शाहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 


तर प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा नियन्त्रणमा लिएको बुझिएको छ । साथै उनलाई अभद्र व्यवहार कसूरसँगै गैरसैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५ विपरीत कसूर गरेको अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।


काठमाडौं उड्ने बुद्धएयर विमानमा मन्त्रीको कारण एक घण्टा ढिलो भएको भनिएपनि मन्त्री भट्टराईले १५ मिनेट ढिलो भएको र सोको लागि माफि समेत मागेका थिए । 


बुद्ध एयरले पनि एक घण्टा नभई १५ मिनेट मात्र ढिलो भएको जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD