काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले जावाखेलको एक कार्यक्रमस्थलमा कालो झण्डा देखाएका छन ।
शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले लोकसेवा विज्ञापन समावेशी नभएको भन्दै कालो झण्डा देखाएर विरोध गरेका थिए ।
कार्यक्रम सके लगत्तै विद्यार्थीहरुको समूहले चर्को रुपमा नाराबाजी गर्दै कालोझण्डा देखाएपछि मन्त्रीका अंगरक्षकले पण्डिलाई हल बाहिर निकालिएका थिए ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठकमा बैठकको अध्यक्षता गर्नका लागि मन्त्री पण्डित कार्यक्रमस्थलमा पुगेका थिए ।
विधद्यार्थीहरुले लालबाबु पण्डित राजीनामा दे, लोकसेवाको विज्ञापन खारेज गर लगायतका नारा लगाउँदै ती युवाहरुले बैठकस्थलभित्रै प्रवेश गरेर होहल्ला गरेका थिए ।
Categorized in राष्ट्रिय