१४ बैशाख २०८१, शुक्रबार
Header

मन्त्री पठाउन एसले बनायो कार्यदल, कस्को भागमा कति मन्त्रालय !


प्रकाशित: मंगलवार, ७ चैत्र २०७९, १४ः४० बजे
- महानगरखवर

काठमाडौं । नेकपा एकिकृत समाजवादीले सरकारमा सहभागी हुन कार्यदल बनाएको छ ।


मंगलवार बसेको एसको केन्द्रिय समिति बैठकले अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाको रहेको कार्यदल बनाएको हो । 


सरकारका नीति तथा कार्यक्रमा पार्टीको भूमिका र हिस्सेदारीसँगै सरकारमा क कसलाई पठाउने भन्ने विषमया कार्यदलले निणर्य गर्ने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । 


यसैविच प्रधानमन्त्री पुष्पकमल दाहालले दलहरुसँग मन्त्रिपरिषद् विस्तारको लागि संवाद सुरु भएको बताएको छ । 


मंगलवार गोरखाको पालुङटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दलहरुसँग सरकारको पूर्णताको छलफल सुरु भएको बताए ।


प्रधानमन्त्री दाहालले सोमवार संसदबाट विश्वासको मत लिएको थियो ।  चैत्र १० गते सम्म मन्त्रिपरिषद विस्तार गरिसक्ने दाहालले बताउँदै आएको छ । 


सरकारमा गठबन्धनको तर्फबाट ९ दललाई कसलाई कति मन्त्रालय दिने भन्ने विषयमा औपचारिक छलफल नभएपनि दलहरु मन्त्रालयमा बढिभन्दा बढि दावी गरिरहेका पाइएको छ ।


अनौपचारिक रुपमा दलको अकार अनुसार नेकपा माओवादी केन्द्रले ४ देखि ५ मन्त्रालय, नेपाली कांग्रेस ८देखि ९, रास्वपा ३ देखि४, एकिकृत समाजावादी २, नागरिक उन्मुक्ति १, जसपा २, लोसपा १ र स्वतन्त्र १ मन्त्री पाउने संभावाना देखिएको छ । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD