काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेका छन ।
सरकारले बुधबार पुनर्निर्माण कोष स्थापना गर्दै सहयोगका लागि आग्रह गरेको थियो ।
सोही क्रममा अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति गठन भइसकेको छ ।
समितिले पुनर्निर्माण कार्ययोजना स्वीकृत गरिसकेको जानकारी दिँदै मन्त्री घिसिङले भौतिक संरचनामा आगजनी र तोडफोडका कारण ठूलो क्षति पुगेको बताए ।
उनले आर्थिक पुनरुत्थान र भौतिक संरचनाको पुनर्निर्माणका लागि सबै पक्षले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनका अनुसार कोषमार्फत पुनर्निर्माणको काम औपचारिक रूपमा थालिने तयारी गरिएको छ ।
Categorized in राष्ट्रिय