काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो मन्त्रीमण्डल विस्तार गरेका छन ।
मंगलवार प्रधानमन्त्री दाहालको सिफरिसमा १५ जनामन्त्री र ३ जना राज्यमन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी छिन ।
नवनियुक्त मन्त्रीहरुमा उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिर्चाई मन्त्री राजेन्द्र लिङदेन, सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मा, विक्रम पाण्डे शहरी विकास मन्त्री, ज्वाला कुमारी साह, कृषि तथा पशुपंक्षी विकास मन्त्री, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएका छन ।
त्यसैगरी, राजेन्द्रकुमार राई मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अब्दुल खान मन्त्री खानेपानी, डा. विमला राई पौड्याल मन्त्री परराष्ट्र, पदम गिरीमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या, भगवती चौधरी मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, हरिप्रसाद उप्रेती मन्त्री रक्षा, सुदन किराती मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासनमा नियुक्त भएका छन ।
शिशिर खनाल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्याल मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ध्रुवबहादुर प्रधान मन्त्री कानुन, न्याय तथा संसदीय मामिला, सुशिला सिर्पाली ठकुरी राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. तोसिमा कार्की राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या, दिपक बहादुर सिंह राज्यमन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाईमा नियुक्त भएका हुन ।
दाहाल नेतृत्व सरकारमा चार जना उपप्रधानमन्त्री छन । बिष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका छन ।
Categorized in राष्ट्रिय