१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

मन्त्रिमण्डल पुनर्गठनबारे प्रमसँग छलफलः दाहाल


प्रकाशित: विहिवार, ५ असार २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल फेरवेदल हुने विषयमा प्रधानमन्त्रीसँग कुरा भएको बताएका छन । 


सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले बजेट सार्वजनिक भईसकेकोले मन्त्रिमण्डल पनि पुनर्गठन आश्यक देखिएको बारे छलफल भएको बताए । 


पोखरामा बिहीबार विहान अध्यक्ष दाहालले सो कुरा बताउँदै प्रमसँग पार्टी एकता पनि जतिसक्दो चाँडा सकाउने भएको जानकारी दिए ।


अध्यक्ष दाहालले सरकारले ल्याएको विधेयका बारेमा बोल्दै जनस्तरबाट धेरै नै टिकाटिप्पणी भएकाले ती विधेयकहरु सच्याएर जानुको विकल्प नभएको बताए । 


प्रधानमन्त्रीसँग विधेयकको विषयमा पनि छलफल भएको र संसदमा भइकसेका विधेयक संसदीय प्रकृयाबाट परिमार्जन गरेर जानुपर्नेमा आफूले जोड दिएको भर्ना राखे । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex