७ बैशाख २०८१, शुक्रबार
Header

मन्त्रिपरिषद विस्तार, थपिए कांग्रेसका ३ मन्त्री


प्रकाशित: बुधवार, २० बैशाख २०८०, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका ३ मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन ।


बुधवार प्रधानमन्त्री दाहालको सिफरिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम तीन मन्त्रीहरु नियुक्त गरेका छन । 


नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका छन ।


नेपाली कांग्रेसको भागमा परेको ८ मन्त्रालयहरु मध्ये यस अघि ५ मन्त्रीहरु नियुक्त भईसकेका छन । 


कांग्रेसबाट यसअघि पुर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशसरण महत अर्थ, रमेश रिजाल उद्योग बाणिज्य तथा आपुर्ति, एनपी साउद परराष्ट्र र सीता गुरुङ शहरी विकास मन्त्री नियुक्त भइसकेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD