११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

मन्त्रिपरिषद् बैठकले गरे यी ऐन संशोधन सहितको निर्णय


प्रकाशित: मंगलवार, ८ बैशाख २०८३, १७ः०० बजे
- महानगरखबर

काठमाडौँ । सरकारले आज मंगलवार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । 


दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका निर्णयबारे सञ्चार, सूचना तथा प्रविधिमन्त्री विक्रम ले जानकारी दिनुभएको हो । 


मन्त्री तिमिल्सिनाका अनुसार बैठकले तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ ।


बैठकका मुख्य निर्णयहरू यसप्रकार छनः


१) सेकुरिटीज बोर्ड नेपालको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गुणकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरिएको छ । 


समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवन कुमार दाहाल सदस्य रहनेछन । 


२) नेपाल विशेष सेवा ऐन २०४२ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने।


३) प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने।


४) मतदाता नामावली ऐन २०७३  संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने।


५) समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लिराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई लाई मनोनयन गर्ने निर्णय गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex