८ भाद्र २०८३, सोमबार
Header

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक


प्रकाशित: आइतवार, ४ माघ २०८२, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । सरकारले माघ २ गते बसेको मन्त्रीपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गरेका छन । 


आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता जगदीश खरेलले यसबारे जानकारी दिएका हुन । 


प्रवक्ता खरेलका अनुसार नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ भने एक जना सहायक रथीको सरुवा पनि गरेको छ ।


त्यसैगरी, मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व वातावरण सुविधा (GEF) बाट विश्व वन्यजन्तु कोष(WWF) मार्फत प्राप्त हुने अमेरिकी डलर ३६ लाख २१ हजार ९ सय ८३ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।


त्यसैगरी स्वच्छ वायु तथा समृद्धि परियोजनाका लागि सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता प्राप्त गर्ने विषयमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ।


बैठकले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय पनि गरेको छ।


यस्तै, नेपाल इन्जिनियरिङ सेवा जियोलोजी समूह हाइड्रोजियोलोजी उपसमूहका राप प्रथम श्रेणीका अधिकृत देवकुमार स्याङ्वोलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वा मातहतमा पदस्थापन गर्ने निर्णय भएको छ। साथै जलस्रोत तथा सिँचाइ विभागका सुपरिटेन्डिङ इन्जिनियर सुशीलकुमार देवकोटाको राजीनामा स्वीकार गरिएको छ।


बैठकले उच्च अदालतका पूर्व न्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग, २०८२ गठन गर्ने निर्णय पनि गरेको छ।


त्यस्तै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT)को उपाध्यक्ष पदमा मोहम्मद सफी उल्लाह रौतहटलाई मनोनयन गरिएको छ।


अन्तर्राष्ट्रिय सहभागिताअन्तर्गत २०८२ फागुन १२ मा जापानको टोकियोमा हुने जापान–नेपाल एम्प्लोयमेन्ट कन्फ्रेन्समा श्रम मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई सहभागी हुन स्वीकृति दिइएको छ।


त्यसैगरी २०८२ फागुन ४ देखि ७ गते भुटानको थिम्पुमा हुने ‘सेकेन्ड माउन्टेन कनेक्ट इन्टररिजनल वर्कसप’ तथा फागुन १२ देखि १५ गते थाइल्याण्डमा आयोजना हुने १३औँ एसिया–प्रशान्त सतत विकास फोरममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने निर्णय भएको छ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex