१५ चैत्र २०८०, बिहिबार
Header

मन्त्रिपरिषद् पुनर्गठनको तयारी


प्रकाशित: मंगलवार, २६ कातिक २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान मन्त्रिपरिषद् सम्भवत अर्को साता पुनर्गठन हुने तयारी भईरहेको समाचार छ ।


नेकपा पार्टी अध्यक्षद्वय प्रम ओली र पुष्पकमल दाहालविच भएको छलफलपछि सो निष्कर्ष आएको अनलाईनखवरडटकमले प्रकाशित गरेको छ । 


समाचार अनुसार नयाँ बन्ने मन्त्रिपरिषदमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, देवेन्द्र पौडेल र जनार्दन शर्माको नाम चर्चामा रहेको छ । 


त्यसैगरी उपसभामुख शिवमाया तुम्बाहम्फेलाई पनि मन्त्री बनाउने तयारी गरेको बुझिएको छ । यसपटक मन्त्री बन्नेमा निश्चित भएका बसन्त नेम्वाङ पनि छन । 


यी बाहेक छविलाल विश्वकर्मा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ, रामेश्वर यादव, प्रेमबहादुर आले, किसान श्रेष्ठ, यज्ञराज सुनुवार र पार्वत गुरुङ लगायतका नेताहरुमध्येबाट केही अनुहार मन्त्रिपरिषदमा जाने सम्भावना रहेको छ । 
अर्थमन्त्रीमा डा. युवराज खतिवडानै रहने भएका छन । 


वर्तमान मन्त्रीपरिषद्का मन्त्रीहरु कृषिमन्त्री चक्रपाणि खनाल, महिला वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, युवा खेलकुद मन्त्री जगत विश्वकर्मा, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उद्योगमन्त्री मात्रिका यादव हट्ने चर्चा रहेको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD