काठमाडौं । विहिवारको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा ‘रअ’ चर्चा भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख समान्तकुमार गोयलसँग भेट भए/नभएको बारे पत्रकारहरुले प्रश्न गरेका थिए ।
मन्त्रिपरिषद्का निर्णयहरु भन्दा प्रमुख विषय ‘रअ’ को भेटघाट बारे सबैको चासो देखिएको थियो । तर पत्रकारको जिज्ञाशालाई सरकार प्रवक्ता एंव सञ्चारमन्त्री गोकुल बाँस्कोटाले शान्त गरिदिएका थिए ।
मन्त्री बाँस्कोटाले कुनै तहबाट पनि प्रधानमन्त्रीले ‘रअ’ को प्रमुखसँग भेटवार्ता नगरेको प्रष्ट पारेका थिए । उनले बाहिर सुनिएको÷लेखिएको कुरा हल्लामात्र भएको मन्त्री बाँस्कोटाको भनाई थियो ।
मन्त्री बाँस्कोटाले सञ्चारकर्मीलाई अनावश्यक हल्ला नफालौं भन्दै प्रधानमन्त्रीले रअ प्रमुखसँग भेटघाट नभएको दावी गरेका छन ।
भेटघाट हुने भए कुटनीतिक प्रक्रियाबाट हुनुपर्नै तर यो नभएको मन्त्री बाँस्कोटाले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले भेटेको हो भने तथ्यप्रमाण सहित आउन चुनौति दिए ।
मन्त्रीपरिषद्को २० वटा निर्णयहरु सार्वजनिक गरिएको थियो । मन्त्रालयका सचिवहरु सरुवादेखि लिएर प्युठानको गाउँपालिकाको केन्द्र सारेको निर्णय थियो ।
त्यसैगरी सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गरेको छ ।
सरकारले गत माघ २५ गते नेपाल दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षमा पुरुषोत्तम खनाललाई नियुक्त गरेको थियो ।
Categorized in राष्ट्रिय