काठमाडौँ । सरकारले मन्त्रिपरिषद्का निर्णयहरु अब तत्कालै संचारमाध्यमहरुलाई निदिने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका निर्णयहरुबारे सरकारले तत्काल जानकारी नदिई नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यसबारेमा केही नयाँ प्रबन्धसहित जानकारी गराइने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारहरुलाई जानकारी दिएका छन् ।
मन्त्रि बाँस्कोटले पत्रकारहरुलाई विस्तृत रुपमा फरक ढंगबाट जानकारी दिने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली छातीमा सङ्क्रमणका कारण अस्वस्थ्य भएपछि यही कात्तिक ११ यता मन्त्रिपरिषद्को बैठक बसेको थिएन ।
Categorized in राष्ट्रिय