१७ बैशाख २०८१, सोमबार
Header

मन्त्रिपरिषदका विभिन्न ५ समितिको संयोजक तोकिए


प्रकाशित: सोमवार, २८ फागुन २०८०, १९ः४० बजे
- महानगरखवर

काठमाडौं । सरकारका मन्त्रिषरिषदको विभिन्न समितिहरु गठन गरिएको छ । 


बैठकले राजनीतिक समिति, आर्थिक पूर्वाधार, विधेयक समिति, प्रशासन र सामाजिक समिति गठन गरेको छ । 


सो समितिहरुमा क्रमशः राजनीतिकि समितिको संयोजक प्रधानमन्त्री पुष्पकमल दाहाल तोकिएको छ ।


आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ तोकिएका छन । 


विधेयक समितिको नेतृत्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्नेछन ।


प्रशासन समितिमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ तोकिएका छन । 


सामाजिक समिति संयोजकमा उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई जिम्मेवारी दिइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD