२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मन्त्रिपरिषदका यी ८ निर्णयहरू सार्वजनिक 


प्रकाशित: सोमवार, २१ पुस २०८२, १६ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न आठ वटा महत्वपूर्ण निर्णयहरू गरेको छ । 


सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक गरेका हुन ।

 
प्रवक्ता खरेलका अनुसार राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरिएको छ ।


त्यस्तै, नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र तथा नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।


बैठकले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ र वन तेस्रो संशोधन नियमावली २०८२ पनि स्वीकृत गरेको छ ।


मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू यसप्रकार छन्–


१. राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने । 


२. समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने ।

 
३. जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने ।


४. नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र स्वीकृत गर्ने । 


५. नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने । 


६. पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने । 


७. वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने । 


८. नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex