१४ बैशाख २०८१, शुक्रबार
Header

मनिषाको महामृत्युञ्जय मन्त्र सत्यमोहन जोशीद्धारा लोकार्पण


प्रकाशित: शुक्रवार, २८ फागुन २०७७, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । बलिउड अभिनेत्री मनीषा कोइरालाले गाएको ‘महामृत्युञ्जय मन्त्र’ को लोकार्पण भएको छ । 


विहिवार महाशिवरात्रीको अवसरमा पाटन दरवार क्षेत्रमा आयोजित एक कार्यक्रममा कोईरालाले गाएको महामृत्युञ्जय मन्त्र शताब्दी पुरुष सत्यमोहन जोशीले लोकार्पण गरेको हो । 

 


टाइम्स म्युजिक स्प्रीचुअल युट्युब च्यानलमार्फत सार्वजनिक भएको मन्त्रको भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गरेका छन भने  उज्ज्वल जोशी र जावेद खानले छायांकन गरेका छन् । 


भिडियो श्री पशुपतिनाथ र पाटन दरबार क्षेत्रमा छायाङ्कन गरिएको छ । महामृत्युञ्जय मन्त्रमा मनीषासँगै सुरसुधाका सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको पनि स्वर रहेको छ । परम्परागत संस्कृत भाषामा रहेको मन्त्रलाई सुरेन्द्र श्रेष्ठले संगीत दिएका छन् । 


वाद्यवादनतर्फ सितार राजीव श्रेष्ठले बजाएका छन् भने प्रेम रानाको बाँसुरी र विकास सिंहको गितारले मन्त्रलाई थप संगीतमय बनाएको छ । 


क्यान्सरलाई पराजित गरेकी मनिषा कोइराला पछिल्लो समय पुस्तक लेखन, सामाजिक कार्यमा व्यस्त छिन् भने अव उनले संगीत कर्ममा पनि पाइला बढाएकी छन् ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD