काठमाडौं । मनास्लु हिमाल आरोहणबाट फर्किएका चेक नागरिक बेपत्ता भएको प्रहरीले जनाएको छ ।
असोज १३ गते मनास्लु आरोहण गरेर फर्किने क्रममा चेक रिपब्लिकका ४३ वर्षीय रोमन हलाब्कोे बेपत्ता भएका हुन ।
उनीसँगै फर्किएका अन्य तीन चेक नागरिक र एक नेपाली पहिलो आधार शिविरको सम्पर्कमा आएपछि रोमन बेपत्ता भएको प्रहरीलाई जनकारी गराएको थियो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख विमल बस्नेतले दिएको जानकारी अनुसार उनीहरु माउन्टट्रेक्सन नेपाल कम्पनीबाट हिमाल आरोहणका लागि गएका थिए ।
बेपत्ताको सामागाउँ प्रहरी चौकीबाट खटिएको टोलीले आधार शिविर आसपासमा खोजी गरिरहेकोे बताइएको छ । आधार शिविरबाट प्रहरीचौकी सामागाउँ आइपुग्न करीब चार दिनको पैदल दूरी तय गर्नुपर्ने हुन्छ ।
Categorized in समाज