७ भाद्र २०८३, आइतबार
Header

मनराजाको सुमुधुर संगीतमा कमलादीको प्रज्ञापष्ठिानमा रमाए संगीतप्रेमीहरु


प्रकाशित: सोमबार, ७ माघ २०७५, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । संगीतकार तथा वरिष्ठ तालबादक मनराजा नकर्मीको सुमुधुर संगीतमा शनिवार कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा संगीत प्रेमीहरु रमाएका थिए । 


नेपाल मण्डल टेलिभिजनको आयोजननमा ‘संगीतकार मनराजा नकर्मी एकल साँझ २०७५’ मा मनराजाका संगीतमा बजेको कर्णप्रिय गीतहरुमा दर्शकहरु झुमेका थिए । 


म्हसिका एजुकेशन एण्ड इन्टरटेन्मेन्टको व्यवस्थापनमा सम्पन्न भएको सो साँझमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले दर्शकलाई हसाई मनोरन्जन दिनुका साथै मदनकृष्ण श्रेष्ठले कवि दुर्गालाल श्रेष्ठको रचना “अन्जानैमा तिमीसित कस्तो माया लाए” गीत सुनाएर दर्शकलाई सो संगीत साँझको मनोरन्जन प्रदान गरेका थिए । 


त्यसैगरी सो साँझमा चर्चित गायकाहरु आनन्द कार्की, यम बराल, रामचन्द्र काफ्ले, सरिता शाही, निशा देसार, टिका प्रसाईले बेजोड गीतहरु प्रस्तुत गरेका थिए । 


सो साँझमा गुन्जिएका २१ गीतहरुमा मेनुका पौडेल, धनबादुर गोपाली, संगीता राणा प्रधान, सन्तोष लामा लगायतले पनि गीत प्रस्तुत गरेका थिए । 


त्यसैगरी कार्यक्रममा मोहन ब्यञ्जनकार निर्देशित मनराजाकै संगीतमा सृजित लोकप्रिय गीतहरुमा नृत्यहरु पनि प्रस्तुत गरिए । चर्चित गीत “मुसुक्क न्हिला”मा न्हूजः ब्यञ्जनकार र विनिता महर्जनले नृत्य प्रस्तुत गरे । अञ्जला नकर्मी र सर्वप्रतिक कसजुले “नितोलाया सुरही” गीतमा तथा चर्चित नायिका आशिष्मा नकर्मी चर्चित नेपालभाषाका गीतहरु “लिक्क वया” र “मैंचाया सपलय् च्वंगु स्वां” गीतमा नृत्य प्रस्तुत गरेका थिए । 


मनराजाको संगीतमा दर्शकहरु गीतबाट मनारेन्जनमा मात्र प्राप्त गरेनन मनराजाको सम्मानलाई पनि प्रत्यक्ष हेर्न पाए । 


नेपाल मण्डल टेलिभिजन संचालन समितिका अध्यक्ष रमेश महर्जनले एक सम्मानपत्र सहित सम्मान गरेका थिए भने टेलिभिजनका प्रवबन्ध निर्देशक प्रकाशकाजी डंगोलले कलाको माध्यमबाट सेवारत परिवारको एक प्रतिभा मनराजाको एकल साँझ आयोजना गर्वको विषय भएको बताए । 


सो साँझलाई सहयोग गर्ने सहजकर्ताहरु रामकृष्ण खड्गी, मंगल महर्जन, निर्मल रत्न शाक्य, नाती महर्जन, सर्मिला डंगोल, मोहन व्यन्जनकार, सुरजविर बर्जाचार्य, जुगल डंगोल, सुमन डंगोल, गुणराज शाक्य, संजय राजथलालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । 


मंगल महर्जनको संयोजकत्वमा भएको सो साँझमा संगीतप्रेमीहरुले प्रतिष्ठानको दर्शकदिर्घ भरिएको थियो । 


दिनेशराज रेग्मीको संयोजकत्वमा २० जना वाद्यवादकहरुको साथ र मनराजाको सगीतमा गीतहरु प्रस्तुत भएको थियो । 


संगीतकार मनराजा परम्परागत सङ्गीत तथा भजन सङ्ग्रहमा समर्पित वरिष्ठ साधक बुबा भिमबहादुर नकर्मी तथा आमा श्रीमाया नकर्मीको कोखबाट २०२३ साल फागुन २० गते, बलम्बुको लाछिटोलमा जन्मिएका हुन् । 


हाल उनी तीन दशकदेखि रेडियो नेपालमा संगीत संयोजनका प्रमुख पदमा कार्यरत रहेका छन । 


१३ बर्षको कलिलै उमेरमा रेडियो नेपाल पुगी प्रत्यक्ष प्रशारण हुने शास्त्रीय सङ्गीतमा तालवादनमा साथ दिने मनराजाको रेडियो नेपालसँग औपचारिक सम्बन्ध २०४५ सालमा भएको थियो । 

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex