१२ बैशाख २०८१, बुधबार
Header

मनमोहन सामुदायिक अस्पताललाई काठमाडौं महानगरको १५ लाख सहयोग


प्रकाशित: शनिवार, २३ असोज २०७८, १७ः०० बजे
- महानगरखबर

काठमाडौँ । दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न काठमाडौं महानगरले सहयोग गरेको छ । 


शुक्रवार (असोज २२ गते) महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहबरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालकातर्फबाट कार्यवाहक अध्यक्ष पूर्णबहादुर शाहीले हस्ताक्षर गरे । 


सम्झौता अनुसार महानगरले प्लान्ट चलाउन १५ लाख रुपैयाँ अनुदान दिनेछ भने अस्पतालले अन्य स्रोतबाट रकम थपेर प्लान्ट स्थापना गर्नेछ । सञ्चालन हुने प्लान्टमा ‘काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित लेख्नुपर्नेछ ।


प्रमुख शाक्यले महानगरले स्वास्थ्य क्षेत्रमा गरेको लगानीको विषय उल्लेख गर्दै, ‘काठमाडौँबाहिर कसैलाई विशेषज्ञ स्वास्थ्य सेवा आवश्यक प¥यो भने काठमाडौँ आउनु पर्छ । यसरी उपचारका लागि आउनेहरुको सहजताका लागि हामीले अस्पतालको क्षमता बढाउन लगानी गरिरहेका छौँ । हामी चाहन्छौँ, उपचारका लागि कसैले पनि काठमाडौँ आउन नपरोस । उपचार आफ्नै ठाउँमा पाउन सक्नुहोस् । यसले गर्दा विरामीका परिवारको आर्थिक बोझ कम हुन्छ । यसका लागि काठमाडौँ महानगरले जिल्ला बाहिरको स्वास्थ्य सेवा सुधारमा सहयोग गरिरहेको छ ।’ 


यस अघि दक्षिणकाली नगरमा पर्ने प्रसिद्ध धार्मिक दक्षिणकाली मन्दिर क्षेत्रको सुधारका लागि १ करोड रुपैयाँ र सार्वजनिक ठाउँमा हरियाली पार्क बनाउन १ करोड रुपैयाँ महानगरले आर्थिक सहयोग गरेको स्मरण गराएका थिए । 


अस्पतालका कार्यवाहक अध्यक्ष शाहीले, मनमोहनको क्षमता विकास भएपछि काठमाडौँसहित ललितपुर र मकवानपुरका विरामीलाई उपचारमा सहज हुने बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD