१२ श्रावण २०८१, शनिबार
Header

मनमैजु प्रहरी जवान हत्या आरोपमा ६ जना पक्राउ 


प्रकाशित: आइतवार, ६ जेठ २०८१, ०९ः५० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले  तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जनालाई पक्राउ गरेको छ । 


शुक्रवार साँझ प्रहरीले मृतक घिमिरेलाई मनमैजुस्थित निर्माधिन दुई तले भवन क्षेत्रमा भेटेपछि अनुसन्धान अघि बढाउने क्रममा ६ जना समातिएको हो । 


पक्राउ पर्ने मुख्य व्यक्ति सचिन परियारसहित कम्तिमा ६ जना पक्राउ गरिएको हो ।

 
प्रहरीले उनीहरुलाई उनीहरूलाई गएराति बालाजु बाइसधारा जंगल क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

 
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रहरी जवान घिमिरे बिहीबार आफ्नो ड्युटी सकेर एक होटलमा खाजा खाने क्रममा सचिनसँग भेटेपछि सचिन लगायतले मापसे समेत गरेको र लुट्ने मनशायले सो घट्ना हुन सक्ने बताएको छ । 


मृतक प्रहरी जवान दरवारमार्ग ट्राफिक कार्यालयमा कार्यरत रहेका थिए भने खोटाङ घर भएका उनी सामाखुसी बस्दै आएको प्रहरीको भनाई छ । 


प्रहरीले यस विषयमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने तयारी गरेको छ । 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex