काठमाडौं । काठमाण्डौ महानगरपालिका वडा न. १३ स्थित मनमती खोलामा पर्खाल निर्माणको बुधवार सांसद जिवनराम श्रेष्ठसहित स्थानीय जनप्रतिनिधिहरुले संयुक्त रुपमा शिलन्यास गरेका छन ।
बर्षेनी स्थानीय वासिन्दा खोलाको पानी घरभित्र पसेर हैरान भएको अवस्थालाई ध्यानमा राखी सो पर्खाल निर्माण कार्यलाई अगाडी बढाएको हो ।
पुरानो कालिमाटी ज्ञानोदय स्कुलको माथिल्लो भागमा १३ वडा, प्रादेश सरकार र क्षेत्र न ८ को स्थानीय पुर्बाधार बिकाश साझेदारी कार्यक्रमको बजेटबाट सो पर्खाल निर्माणको शिलान्यास गरेको हो ।
सो कार्यक्रममा कामपा वडा नं १३ अध्यक्ष ध्रुव नारायण मानन्धर को विशेष आतिथ्य रहेको थियो भने कामपा वडा नं १३ सदस्य राम बाबू कोइराला, उपभोक्ता समितिका संयोजक भवनाथ झा र स्थानीय जनसमुदायको उपस्थितिमा रहेको थियो ।
सो अवसरमा साथै फागु पूर्णिमा होलीको शुभ अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो ।
Categorized in समाज