१६ चैत्र २०८०, शुक्रबार
Header

मध्यपुर थिमीमा शंखधरपार्कको काठमाडौं महानगर प्रमुख शाक्यद्धारा उद्धघाटन (फोटो फिचर)


प्रकाशित: सोमवार, २९ कातिक २०७८, १४ः२० बजे
- अजय खड्गी

भक्तपुर । मध्यपुर ठिमीमा काठमाडौं महानगरको आर्थिक सहयोगमा निर्मित शंखधर पार्कको उद्धघाटन गरिएको छ । 


आईतबार काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले सो पार्कको उद्धघाटन गरेका हुन । काठमाडौँ महानगरले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत उपलब्ध गराएको आर्थिक सहयोगमा थिमीस्थित शंखधर चोकमा पार्क निर्माण भएको हो । 


उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका प्रमुख शाक्यले पार्क उदघाटन समारोहलाई सम्बोधन गर्दै उपत्यकाका १२ वटा नगरपालिकालाई सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवर्धन र पार्क निर्माणका लागि आर्थिक सहयोग गरिएका जानकारी दिए । 


‘ती नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माण भइरहेका छन । शंखधर पार्क तिनैमध्येको एउटा हो ।’ शाक्यले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले आ। व। ०७७/०७८ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम यसप्रकार नगर–नगर साझेदारी कार्यक्रम सञ्चालन गरिरहेको छ ।’ प्रमुख शाक्यले भने । 


काठमाडौँ महानगरले देशभित्रका नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गर्ने क्रमको पहिलो चरणमा उपत्यका बाहिर ७ प्रदेशमा प्रत्येकमा एउटाका दरले भगिनी सम्बन्ध स्थापना गरिरहेको छ । अहिलेसम्ममा ५ वटा प्रदेशका ५ वटा नगरपालिकासँग भगिनी सम्वन्ध स्थापना भइसकेको छ ।


सो अवसरमा मध्यपुर थिमी नथरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले काठमाडौँ महानगरपालिकाको सहयोगबाट करीब १९ रोपनी क्षेत्रफलमा पानीको झरना, झुण्डिएको बगैँचा, ढुंगेधारा, डवली, वाकिङ रोड निर्माण गरिएको जानकारी दिए ।  


पार्कको लागि  काठमाडौँ महानगरपालिकाको २ करोड र मध्यपुर थिमीको ४ करोड गरी जम्मा ६ करोड रुपैयाँ खर्च भएको प्रमुख श्रेष्ठले बताए । 


कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, संस्कृति र सम्पदा संरक्षण तथा प्रवर्धनमा काठमाडौँ र मध्यपुर सँगै हिँड्न सक्ने बताईन । काठमाडौँ मेरा कर्म घर हो । भक्तपुर माइती । म दुवै नगरको उत्तिकै समृद्धि चाहन्छु । 


उनले भनिन् ‘काठमाडौँ महानगरको विकासका लागि मेयर र उपमेयरकाविच कुनै पनि विवाद छैन । योजनाका विषयमा मनमा लागेका कुरा हामी कार्यपालिका बैठक र नगर सभामा राख्छौँ । हामीले कार्यान्वयनमा ल्याएका योजना निर्विवाद छन् । निर्विवाद हुन्छन ।’


कार्यक्रममा भक्तपुरमा नचाइने महाकालीलगायत मौलिक नेवारी नाच तथा गायन प्रस्तुत गरिएको थियो । उद्घाटन कार्यक्रममा काठमाडौँ महानगरका प्रवक्ता तथा १५ वडा अध्यक्ष ईश्वरमान डंगोल, वडा ४ का वडा अध्यक्ष मोहनबहादुर विष्ट लगायत वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु पनि सहभागी थिए । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD