७ बैशाख २०८१, शुक्रबार
Header

मध्यपुर थिमि दथु बहाः पुननिर्माण शिलान्यास


प्रकाशित: आईतबार, ४ फागुन २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । मध्यपुर थिमिको कस्मा तुंथि, चपाचो वडा नं ६ स्थित थिमिको सबैभन्दा ठूलो बहाल ‘जेतवर्ण महाविहार’ दथु बहाःको पुनरनिर्माण सिलान्यास भएको छ ।


बहालका संरक्षक धर्मवीर शाक्यका परिवार सहित बागमति प्रदेश भक्तपुर २ (२) का सांसद राजेन्द्रमान श्रेष्ठ, थिमि मध्यपुर नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र स्थानीय जनप्रतिनिधिहरुले संयुक्त रुपमा गरेको छ । 


करिब ४०० वर्ष अघि मल्लकालीन शैलमा निर्माण रहेको उक्त बिहार प्राणमाया वज्राचार्यको स्वामित्वमा भोगचलन रहेको छ । उक्त विहार २०७२ सालको भूकम्पले जिर्ण भएको थियो । 


स्थानीय सरकार र बागमति प्रदेशका विकास निर्माणं पुनरनिर्माण योजना अन्र्तगत उक्त विहार हालको निमित्त १ करोड रुपैयाको लागतमा हुन लागेको हो । 


सिलान्यास अघि सम्पन्न सभामा उक्त विहारको पुनरनिर्माण धार्मिक, सामाजिक र सांस्कृतिक संरक्षण एवं प्रयोजनको उद्देश्यबाट हुनगइरहेको मन्तब्य सहित प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठले सो विहार पहिला देखि नै जनहितको निमित्त प्रयोगमा रहेका कुरामा जोड दिनु भयो । 


मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले यस विहारको पुनरनिर्माणले थिमि लागाकै ऐतिहासिक सांस्कृतिक धरोधरको उच्च मूल्यांङ्कन हुने उल्लेख गर्नु भयो । 


स्थानीय जनप्रतिनिधिहरुले पनि दथु बहाःको ऐतिहासिकता विषय मन्तब्य राख्नु भएको थियो । विहार संरक्षक धर्मवीर शाक्य परिवारको तर्फबाट नरेशवीर शाक्यले सो बहालले थिमि क्षेत्रको सांस्कृतिक सम्पदा प्रतिनिधित्व गरिरहेकोमा स्थानीय र प्रादेशिक सरकारले पुनरनिर्माण योजना अन्र्तगत सम्पदा संरक्षणमा पाइला चालेकामा धन्यवाद सहित बहालको पुनरनिर्माण निर्धारित लक्ष्य एवं प्रयोजनको निमित्त मात्र हुनुपर्ने कुरामा जोड दिनु भयो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD