६ जेठ २०८१, आइतबार
Header

मधुमेही समाजलाई काठमाडौं महानगरको १ं० लाख सहयोग


प्रकाशित: शुक्रवार, ३ मंसिर २०७८, ११ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरले नेपाल मधुमेही समाजलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।


मधुमेह पहिचान, रोकथाम र नियन्त्रणका लागि महानगरले विश्व मधुमेह दिवस २०२१ को सन्दर्भ पारेर महानगरको स्वास्थ्य विभाग र मधुमेही समाजविच सहयोग रकम प्रदान र्गे सम्झैता भएको हो । 


महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट विभागका प्रमुख हरिबहादुर कुँवर र समाजकातर्फबाट अध्यक्ष शिव श्रेष्ठले हस्ताक्षर गरेका थिए । 


सो अवसरमा प्रमुख शाक्यले सहरका घर घरमा मधुमेहका विरामी भएकोले यसबाट हुने जोखिम घटाउन सबै सजग हुनु पर्ने बताए ।  सुरुमा सुगर देखिन्छ । 


‘रोग लागेपछि उपचार गर्ने अवस्थाले व्यक्ति र परिवारमा समस्या थपिन्छ नै यसबाहेक अस्पतालहरुको क्षमता बढाउनु पर्ने हुन्छ । यो जनशक्ति व्यवस्थापन र आर्थिक दायित्वका दृष्टिले कठिन अवस्था हो । त्यसैले रोगलाई जटिल हुनुअघि नै रोक्न सकिन्छ भन्ने सबैले सोच्नुपर्छ ।’ प्रमुख शाक्यले भने । 


हरेक बर्षको नोभेम्बर १४ तारिखका दिनलाई विश्व मधुमेह दिवसका रुपमा मनाइन्छ ।


सम्झौताबमोजिम जेष्ठ नागरिकहरुको परीक्षण निःशुल्क हुनेछ । यसमा चिनी रोग, अक्सिजनको मात्रा, रक्तचाप, परीक्षण निःशुृल्क हुनेछ । यस परीक्षणबाट रोगको लक्षण देखिए थप उपचारका लागि पठाइनेछ । 


यसरी हुने उपचारमा नाम दर्ता, परामर्श, इसीजी, इको, भिडियो एक्स रे, मुटु, मिर्गौला, कलेजो, प्रोस्टेडलगायतका परीक्षण निःशुल्क हुनेछन ।


यसका लागि काठमाडौँ महानगरपालिकाले समाजलाई आउँदो असारमसान्तसम्मका अनुदान रकम उपलब्ध गराउनेछ ।


यसबाट महानगरको सहरी स्वास्थ्य क्लिनिकका प्राविधिकहरुलाई मधुमेह र रक्तचाप परीक्षण सम्बन्धी १ दिने तालिम र जनप्रतिनिधि तथा कर्मचारी गरी २ सय जनालाई मधुमेह सम्बन्धी प्रशिक्षण दिइनेछ । यसैगरी मधुमेहको जानकारी दिन हाते पुस्तिका प्रकाशन गरिनेछ ।


कार्यक्रममा समाजका अध्यक्ष शिव श्रेष्ठले मधुमेही समाजका लागि भवन निर्माण गर्न काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने अपेक्षा रहेको बताए । 


उपाध्यक्ष भगवती नेपालले भवन निर्माण गर्ने जग्गा खरिदका लागि अहिलेसम्म करीव ७२ लाख रुपैयाँ संकलन भइसकेको जानकारी दिईन । विश्वका हरेक १० मध्ये १ जनाको अनुपातमा मधुमेहको समस्या रहेको तथ्याङ्ले देखाउँछ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD